ओली जहाँ पुग्यो त्यहि बन्छन्, चर्चामा उनको ‘पेडा’ राजनीति

शनिबार, भदौ १६, २०८०

काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कतिसम्म चलाख छन् भन्ने पछिल्लो उदाहरण पेडा राजनीति हो।

बरमझियामा पुगेर पेडा पसलमा पुगी उनले भनेका थिए,‘मैले पनि दुई दिनसम्म यहाँ बसेर पेडा बनाएको थिएँ।

जहाँ पुग्यो त्यहिँ त्यहि पात्र बन्ने ओलीको पेडा राजनीति अहिले चर्चामा छ। कुनैबेला पौडी क्विन भनेर चिनिने गौरिका सिंहसँगको भेटमा उनले भनेका थिए,‘म पनि पौडीबाज थिएँ।

ओली २०६२ सालमा गिरिजाप्रसाद कोइराला सरकारको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएका थिए। त्यसबेला उनी माओवादीविरुद्ध खरो थिए।

ओली २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका थिए। व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए। ओलीको उम्मेदवारीलाई तत्कालिन एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमले अन्य १३ वटा साना दलसँग मिलेर समर्थन गरेका थिए।

तर पछि माओवादीसँगै उनको फेरि वार भयो। एमाले पुनस्थापित भएपछि पार्टीको चर्चाका लागि उनी जहाँ पुगे त्यहि बन्ने कोशिश गरे। उहाँमा तिलक्षण क्षमता छ। तर, गफ ज्यादा दिने एउटा बानीचाहिँ सोचनिय छ, ओली निकटस्थ नै बताउँछन्।

कतिपय नेताले ओलीको वक्तव्यकलाको प्रशंशा गर्ने कारण पनि यहि हो। कांग्रेसका दिवंगत नेता प्रदीप गिरी भन्थे,‘उहाँ राम्रो वक्तव्य दिने मान्छे हो तर तथ्यचाहिँ संकोचपूर्ण हुन्छन्।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार