एसिया कप क्रिकेट

एसिया कप : नेपालले गुमायो पाचौँ विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौँ– एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले पाचौँ विकेट गुमाएको छ ।

२४३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरको अन्तिम बलमा सोमपाल कामिलाई हरिश रउफले  आउट गरे । सोमपालको ठाउँमा गुल्सन झा आएका छन् । 

यसअघि १४ ओभरको चौथो बलमा अरिफ शेखलाई हरिश रउफले क्लिन आउट गरे ।  नेपालले सुरुको दुई ओभरमा ३ विकेट गुमायो । नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए । अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।

दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमेदले क्याच गरे ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्