एमसीसीमा विप्लवकाे प्रतिकार

एमसीसी कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

बुधबार, भदौ १३, २०८०

काठमाडौँ– नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।

उनले एमसीसी आयोजना बिकास नभएको र नेपाली सार्वभौमिकताको विनास भएको र साम्राज्यवादको अतिक्रमण भएकाले अस्वीकार गरिएको धारणा राखे । उनले सरकारलाइ उचालेको भरले एमसीसी अघि बढाउन खोजे जनताले प्रतिकार गर्ने जिकिर गरे । विप्लवले सरकारले साच्चिकै विकास चाहे प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पार्नुपर्ने उल्लेख गरे ।

मुलुकको बामपन्थी समाजवादीहरुलाई सखाप पार्ने नियतका साथ अमेरिकाले नेपालमा एमसीसी लाद्न खोजेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्