सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

बुधबार, भदौ १३, २०८०

काठमाडौं - विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक-पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

यस प्रकरणमा पूर्व सभामुख तथा पूर्वमन्त्री महराको समेत नाम जोडिएको छ । दावासँग उनको पनि पटक-पटक टेलिफोन सम्पर्क भएको देखिएको छ । तर, उनी अझै पक्राउ परेका छैनन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्