एमसीसीविरुद्ध बृहत अन्तरक्रिया

एमसीसीबिरुद्ध बोल्नेलाई चूनावमा हराउने 'ग्राण्ड डिजाइन'को शिकार भएँ : झलनाथ खनाल

सोमबार, भदौ ११, २०८०

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)का बिरुद्ध बोल्नेलाई चूनावमा हराउने 'ग्राण्ड डिजाइन' गरिएको र त्यसको शिकार आफु भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रममा खनालले तत्कालिन समयमा आफु एक जनामात्रै सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चूनावमा हटाउने ग्राण्ड डिजाइन गरिएपनि अहिले आफुलाई कुनै पश्चाताप नरहेको बताए । सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनले बताए । खनालले उक्त सम्झौता संविधान र कानूनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि मान्न जरुरी नरहेको जिकिर गरे । उनले मुलुकको हित बिपरित रहेका सम्झौताको बिरुद्ध डटेर लड्नुपर्ने बताए ।

त्यस्तै, नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे । उनले देशको हित बिपरित कुनै पनि काम भए नेपाली जनता चूप लागेर नबस्ने जिकिर गरे ।

उनले एमसीसी लागू गर्ने सरकारको तयारी रहेको भन्दै त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्