सामाजिक न्यायका लागि जात र धर्मका नाममा विभेद गर्न मिल्दैन : अध्यक्ष ओली

शनिबार, भदौ ९, २०८०

झापा– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् ।

गृहनगर दमकमा आज  कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताए । 

उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे ।

कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उहाँले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्