रुस्लानले सुरु गर्‍यो ‘रुस्लान स्टुडियो’, पहिलो प्रस्तुतिमा शुशान्त केसी [भिडिओ]

बिहीबार, भदौ ७, २०८०

काठमाडौँ– नेपालको प्रख्यात ब्रान्ड रुस्लानले ‘रुस्लान स्टुडियो’को शुरुवात गरेको छ ।

रुस्लानले एक कार्यक्रमको आयोजना गर्दै स्टुडियोको शुरुवात गरेको हो ।

‘रुस्लान स्टुडियो’ कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुने रुस्लानले जनाएको छ । 

रुस्लानले भनेको छ, ‘रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु रहेको छ । जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलिमा रमाउन सकिने छ ।’

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुनेछ ।

रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्