Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से सूचक ३१.५२ विन्दुले घट्याे

बिहीबार, भदौ ७, २०८०

काठमाडौँ - साताको पहिलो दिन सकारात्मक बनेको सेयर बजार तेस्रो दिन बिहीबार फेरि घटेको छ । यस दिन नेप्से परिसूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ ।

१ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।

१९९०अकंलाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ ।

घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ ।यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्