संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने 

बिहीबार, भदौ ७, २०८०

काठमाडौं -  सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ। यसक लागि भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन सकेको छैन । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्