ललिता निवास प्रकरण

सीआईबीको गाडी यूटर्न भएकाले हामीलाई चस्का पस्यो : योगेश भट्टराई 

बुधबार, भदौ ६, २०८०

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सीआईबीलाई स्वतन्त्रपूर्वक काम गर्न नदिइएको बताएका छन् ।

‘योे देशमा सुन र पटक– पटक अन्य तस्करीहरु भए । हामीले एकअर्कालाई आरोप लगायौं । घटना कतिबेला घटेका थिए ? को गृहमन्त्री थिए ? के अर्थमन्त्री थिए ? याद गरेनौं । तर एक अर्कालाई आरोप मात्रै लगायौं,’ प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने ।

‘घटनामा संलग्न जो कोही उच्च पदस्थ कारबाहीमा आउनुपर्छ । त्यस अवधिमा हाम्रो पार्टी र सिआईबीबीच अविश्वास खडा गर्ने कोसिस भयो, खेद छ । तर, हामीलाई चिसो पस्यो । सिआईबीको गाडी अनुसन्धानको ठिक दिशामा गएको थियो । अचानक मोडियो । ललिता निवासमा ठिक ठाउँमा गएको थियो । जब उच्च पदस्थहरुलाई समात्छ भन्ने लागेको थियो, तब ब्रेक लाग्यो । हामीलाई चस्का पस्यो ,’ उनले थपे । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्