पदभार ग्रहण

न्यायपालिकाको जनआस्था खस्किन नदिन रणनीतिक कामलाई निरन्तरता : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ

छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह
मंगलबार, भदौ ५, २०८०

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफुले काम गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोषा बढाउने र न्याय मर्न नदिने गरि आफुले काम गर्ने बताएका हुन् ।

उनले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोवलका साथ निर्भिक भएर काम गर्न आग्रह गरे । त्यस्तै उनले उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए । आफु कामु प्रधानन्यायधिश हुदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने उनको भनाइ छ । 

त्यसअघि मंगलबार नै उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएकाथिए । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति  पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्