सुदूरपश्चिम क्षेत्र सधै पछाडी पर्न सक्दैन : अध्यक्ष ओली

सोमबार, भदौ ४, २०८०

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम क्षेत्र सधै पछाडी पर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै ओलीले स्रोत साधनको अधिकतम प्रयोग गर्दै सुदूरपश्चिम क्षेत्रको बिकासमा जोड दिनुपर्ने बताएका हुन् । उनले सुदूरको दुर्गम क्षेत्रमा सवै प्रकारका कनेक्टिभिटी जोड्न सकिने धारणा राखे ।

उनले आफु प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल तार बिछ्याउने कामहरुदेखि लिएर सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने काम गरेको र यसलाई सुदृढ गर्न जरुरी रहेको बताए ।

उनले राजनीतिक जागरणको हिसाबले पनि सुदूरपश्चिम क्षेत्र उद्गमस्थल भएको जिकिर गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्