सर्वदलीय बैठक आह्वान

राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान

आइतबार, भदौ ३, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आइतबार राष्ट्रपति पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलअरुलाई मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकमा बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार  राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ। उनका अनुसार सर्वदलीय बैठक आह्वान गरेका राष्ट्रपति पौडेलले संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसकेका छन् । 

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरिसकेका छन् । त्यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार