स्वामी आनन्द अरुणको आग्रहपछि ‘बागेश्वर बाबा’लाई भेटेको हुँ : गृहमन्त्री श्रेष्ठ

आइतबार, भदौ ३, २०८०

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफुले भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन् ।

बागेश्वर बाबासँग गृहमन्त्रीले गोप्य भेट गरेको खवर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले आफुले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन् ।  

आफु व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए ।

त्यस्तै, उनले नेपाल भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफुलाई जानकारी नरहेपनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए । उनले धीरेन्द्रकृष्ण शास्त्रीले सुरुमा उनले झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्चाएको भन्ने खवर पाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्