महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो

शनिबार, भदौ २, २०८०

काठमाडौँ– महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो भएको छ । 

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा अष्ट्रेलियालाई  २–० ले हराउँदै स्वीडेन विजयी भएको हो । आयोजक अष्ट्रेलियाले भने चौथो स्थानमा चित्त बुझाएको छ । 

खेलको ३० औँ मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि कोसोभारे अस्लानीले ६२ औँ मिनेटमा दोस्रो गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।

अब विश्वकप उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार