बालबालिकाका लागि ‘इनोभेसन ल्याब’ विकास गर्न मेटलाइफको सहयोग 

बुधबार, साउन ३१, २०८०

काठमाडौँ– मेटलाइफ नेपालले ‘मेकिंग स्पेस’ स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला, र गणित (स्टीम) क्लब स्थापना गर्ने र विद्यार्थीहरूलाई मेकिंग स्पेस भित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने लक्ष्यसहित मेटलाइफले कारखाना समुहसँग साझेदारी गरेको हो ।

मेटलाइफले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ह्यान्ड्स अन सिकाइ, रचनात्मकता र समस्या समाधान गर्ने सीपहरू प्रवर्द्धन गर्दै, मेकिंग स्पेस आधुनिक शिक्षाको पहिचान बनेको छ । यी सहयोगी ठाउँहरू उपकरणहरू, सामग्रीहरू, र प्रविधिहरूको एर्रेसँग सुसज्जित छन् जसले विद्यार्थीहरूलाई उनीहरूको विचारहरू जीवनमा ल्याउन सक्षम बनाउँछ र नवीनताको संस्कृतिलाई प्रेरणा दिन्छ ।’

साझेदारीअनुसार मेटलाइफले विद्यालयमा मेकिंग स्पेसको विकास गर्न कारखाना समुहलाई ४ लाख ७० हजार रुपैंयाँको सहयोग प्रदान गरेको छ ।

‘यस पहल मार्फत हामीले नवप्रवर्तनको बीउ छरिरहेका छौँ । जिज्ञासा र अन्वेषणको संस्कृतिको विकास गर्दैछौँ, जसले नेपालको शैक्षिक परिदृश्यमा निस्सन्देह प्रभाव पार्ने छ,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘विद्यार्थीहरूलाई सीप र आत्मविश्वासले उनीहरूका विचारहरूलाई जीवन्त बनाउनको लागि सुसज्जित गरेर, हामी राष्ट्रको उज्ज्वल भविष्यको विकास गर्दैछौं ।’

विद्यालयमा मेकिंग स्पेसको सहयोगमा मेटलाइफले शिक्षक र बालबालिका दुवैलाई सैद्धान्तिक ज्ञान  र व्यावहारिक प्रयोगको बीचको खाडललाई कम गर्ने अवसर प्रदान गर्दै  ल्याबको प्रयोग गर्न र वास्तविक–विश्व चुनौतीहरूको समाधान विकास गर्न गतिशील केन्द्रको रूपमा काम गर्ने कारखाना समुहले जनाएको छ ।

कम्पनीका अनुसार शिक्षक र विद्यार्थी दुवैका लागि प्रयोगात्मक सिकाइ कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्नेछ । कारखाना समूहले विशेषज्ञ संस्थाहरुसँग साझेदारी गर्नेसमेत बताएको छ । प्राविधिक सीपहरूमा निपुण मात्र नभएर जटिल समस्याहरू समाधान गर्न पनि निपुर्ण बाल आविष्कारहरूको पुस्ता र एक रचनात्मक मानसिकता सिर्जना गर्न चाहेको मेटलाइफले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्