पेट्रोल र डिजेलको मूल्य बढ्यो

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ–  पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । 

नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

यस्तो छ मूल्यसुची

oil price 2080 sraban 301692116023.jpg

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार