अध्यक्ष ओली र नेता रावलबीच लामो समयपछि संवाद सुरु

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच लामो समयपछि संवाद भएको छ । 

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटमा मुलुक र पार्टीको अवस्थाका बारेमा कुराकानी भएको नेता रावलले बताए । उनले अहिलेको अवस्थामा आ–आफ्ना सोच दृष्टिकोणका बारेमा पनि सामान्य कुराकानी भएको र पुन छलफल गर्ने योजना रहेको जिकिर गरे ।

पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी र सूचना हुने भएकाले अहिलेकै अवस्थामा कुराकानी केन्द्रीत भएको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार