बल्खु खोलाको बीचमा अड्किएका २ बालकको उद्धार

शनिबार, साउन २७, २०८०

काठमाडौँ– कामाडौँको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको आज प्रहरीले उद्धार गरेको छ । 

दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।

उनीहरु साथीहरुसँगै आज अपराह्न बल्खु खोलाको ‘जिरो प्वाइन्ट’ भन्ने स्थानमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा बाढी आएपछि साथीहरु बाहिर निस्किएको र उनीहरु भने खोलाको बीचमा थोरै उठेको भागमा अड्किएर बसेका थिए । उक्त सूचना प्राप्त भएपछि कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उद्धार गरेको लामाले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार