प्रभावकारी न्यायसम्पादन प्रदान गर्न न्यायपालिका गम्भीर छ : कामु प्रधानन्यायाधीश श्रेष्ठ

शनिबार, साउन २७, २०८०

काठमाडौँ– कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटोछरितो तथा प्रभावकारी न्यायसम्पादन प्रदान गर्न न्यायपालिका गम्भीर र संवेदनशील रहेको बताएका छन् ।

नेपाल कानून व्यवसायी परिषद्को ३० औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा श्रेष्ठले योजनाबद्ध सुधार तथा बिशेष अभियान तथा न्यायधिश लगाएत सरोकारवालासवैको प्रतिवद्धता र लगनका कारण न्यायसम्पादनमा सकारात्मक उपलव्धीहरु देखा पर्न थालेको समेत बताए । कोरोनाका कारण लामो समयसम्म पर्न गएको प्रभावको व्यवस्थापनको चूनौति रहेको र अदालतमा लामो समयदेखि न्यायधिशको दरबन्दी रिक्त रहेको अवस्थाकाबीच गत आर्थिक बर्षमा देशैभरका अदालतको मुद्दा फछर्यौटको अवस्था उत्साहपूर्ण रहेको उनले बताए ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाका लागि कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले परिषद्को सिमित स्रोत साधानका बाबजुत गरेको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै परिषद्को कामकारवाहीलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सहयोगका लागि पहल गर्ने जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार