जातको आधारमा विद्वेष फैलाए मुलुकको अस्तित्व समाप्त हुन्छ : अध्यक्ष ओली

बिहीबार, साउन २५, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले जातको आधारमा विद्वेष फैलाउने काम सफल भए मुलुकको अस्तित्व समाप्त हुने बताएका छन् ।

२९ औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जातका आधारमा वा केहीका नाममा भावनामा बगाएर कसैले विद्धेष, घृणा र फाटो ल्याउन सफल भए देशको अस्तित्व समाप्त हुने बताएका हुन् ।

नेपालको आफ्नै विविधता भएको भन्दै उनले विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । उनले सबै जात समूदाय धर्म र संस्कृतिको सम्मान गर्दै प्रदेशको नामाकरण गरिएको तर्क गरे । समृद्ध नेपाल सुखि नेपाली सवै भुगोलमा बस्ने नेपालीहरुको लागि भएको उनले बताए । उनले आदिवासी जनजाती समूदायको सूचिकृतका सम्बन्धमा देखिएका समाधान गर्नुपर्ने र सवैलाई पहिचानको अधिकार स्थापीत गर्नुपर्ने बताए ।

त्यस्तै, एमाले उपाध्यक्ष सुवास नेम्वाङले कोशी प्रदेशको सन्दर्भमा एमालेले कुनै शर्तबन्दी नगर्ने बताए । आगामी निर्वाचनमा बहुमत दिए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै नेम्वाङ्ले एमाले जनताको हितमा दृढतापूर्वक उभिएको र प्रदेशको नामका बिषयमा भने कुनै शर्तवन्दी नगर्ने जिकिर गरे ।

उनले एमालेकै नेतृत्व र पहलमा धर्म निरपेक्षता सहितको समावेशिता र समाजवादउन्मुख संविधान जारी भएको दावी गरे ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्