मौलिक हक कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाको आपत्ती

आइतबार, साउन २१, २०८०

काठमाडौँ– संविधानमा लेखिएको मौलिक हकलगायत विषय कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।

टक सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको संविधन कार्यान्वयन–जनप्रतिनिधिको भूमिका बिषयक कार्यक्रममा उनीहरुले संविधान जारी भएको लामो समय हुँदा पनि मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेको भन्दै आपत्ती जनाएका हुन् । 

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेले संविधानमा लेखेका कुराहरु जनतामा हुवहु लागू गर्ने दायित्व राज्यको भएको बताए । उनले स्वास्थ्य, शिक्षा लगाएतका बिषयमा उल्लेख अधिकार कार्यान्वन नहुदा जनतामा निराशा छाएको धारणा राखे ।

त्यस्तै कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले संविधानमा बिभिन्न संवैधानिक आयोगहरु गठन गरेर सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने व्यवस्था गरेपनि आयोगले पूर्ण रुपमा काम गर्न नसकेको बताए । उनले आयोग राजनीतिक भर्ति केन्द्र मात्रै हुने गरेको आरोप लगाए । चूनाव आउदा घर घरमा बाटो बिजुली र अधिकारको आश्वासन पुगेपनि मतदानपछि पाँच बर्षका लागि हराउने गरेको उनले बताए ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनले कार्यान्वयन गर्न सक्ने कुराहरुलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारहरुले काम अघि बढाउनुपर्ने र जनतालाई झुटो आश्वासन दिन नहुने बताए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्