सुन तस्करी प्रकरण

सुन तस्करीबारे आवाज उठ्ने डर भएपछि सरकारले सदन चल्न दिएन : अध्यक्ष ओली [भिडियो]

बुधबार, साउन १७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन् ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप लगाएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए ।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गरे । आफुहरु सरकारले बनाएको छानविन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उनले बताए । अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केहि नबोल्नु अचम्म भएको बताए ।

सुन तस्कारीको छानविन गर्न नसक्ने पारदर्शीताको कुरा गर्न नसुहाउने उनले बताए । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्