नेपाल रेमिट र कुवेतको अमान एक्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

सोमबार, साउन १५, २०८०

काठमाडौँ– विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनीका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरे । 

सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने,  ‘कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । कुवेतमा रहनुभएका नेपालीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ।’

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्