नेभिगेशन
पूर्वाधार

उद्योग सञ्चालन गर्न कठिनाई भएको क्रसर तथा खानी उद्योगीहरुको गुनासो

काठमाडौँ– नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारको वर्तमान मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिनाई भएको गुनासो गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको भन्दै तत्काल सुधार गर्नुपर्ने बताए ।

मुलुकको कानून बमोजिम सञ्चालन गरेर कर समेत नियमित रुपमा तिर्दे आएको अवस्थामा अहिले क्रसर उद्योगहरुको नविकरण समेत नगरिएको र यसले थप समस्या सिर्जना गरेको उनले बताए । उनले राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्ने माग गरे ।

बैठकमा समितिका सदस्यहरुले खानी तथा खनिजजन्य उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्या हटाउन सम्बन्धीत निकायहरुसँग छलफल गर्नुपर्ने बताएका थिए । बैठकले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार