सेनाको पोलिटेक्निक महाविद्यालयको इन्जिनियरिङ डिप्लोमा तहमा आवेदन खुला

अटोमोबाइल र मेकानिकल इन्जिनियरिङ्ग दुवै कार्यक्रमहरुमा ४८/४८ सिटको व्यवस्था
सोमबार, साउन १, २०८०

काठमाडौँ– नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयमा सैनिक र गैर–सैनिक परिवार सबैका लागि इन्जिनियरिङ डिप्लोमा तहमा अध्ययनको लागि आवेदन खुला भएको छ ।

एसर्ईइमा न्यनतम १.६ जीपिए वा एसएलसिमा न्यूनतम ६८ प्रतिशत ल्याउने विद्यार्थीले ईन्जिनियरिङ्ग विषयमा डिप्लोमा तहका कार्यक्रममा भर्ना आवेदन खुला भएको हो ।

building 21689607582.jpg

महाविद्यालयका अनुसार सिटिईभिटिबाट सम्बन्धन प्राप्त नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा व्यवस्थित अटोमोबाइल र मेकानिकल इन्जिनियरिङ्ग दुवै कार्यक्रमहरुमा ४८/४८ सिटको व्यवस्था गरेको छ । त्यस्तै, दुवै कार्यक्रम तोकेबमोजिमको योग्यताप्राप्त विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिको समेत व्यवस्था रहेको महाविद्यालयले जनाएको छ ।  

गैर–नाफामुलक इन्जिनियरिङ्ग शिक्षा प्रदायक सस्थाको रुपमा २०७८ सालदेखि राष्ट्र निर्माणका लागि अत्यावश्यक दक्ष तथा सक्षम मध्य–स्तरको जनशक्ति निर्माण गर्ने उद्देश्य राखेको महाविद्यालयको भनाई छ । इन्जिनियरिङ्ग शिक्षाको क्षेत्रमा दक्ष र व्यावसायिक जनशक्ति विकास गर्न उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै नेपाली सेना र समग्र राष्ट्रलाई आवश्यक इन्जिनियरिङ्ग जनशक्तिको गुणस्तर सुधार गर्ने लक्ष्यसमेत राखेको महाविद्यालयले उल्लेख गरेको छ ।

nepali army polytechnic college21689607583.png

‘सुलभ मूल्यमा अत्याधुनिक प्रविधि, भौतिक पुर्वाधार, दक्ष तथा अनुभवि शिक्षकहरुद्वारा गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्न यस महाविद्यालय लागि परेको छ । नेपाली सेनासँग पर्याप्त मात्रामा उपलब्ध आधुनिक प्रयोगशाला, उपकरण, दक्ष जनशक्ति र उच्च स्तरका कार्यशालाहरूको अधिकतम उपयोग गरि एसर्ईइ वा सो सरह योग्यता पुगेका विद्यार्थीहरूलाई व्यावहारिक सीप सिकाउन र आफ्नै खुट्टामा उभिन सक्ने तथा राष्ट्र निर्मानमा योगदान गर्न सक्ने बनाउन यस महाविद्यालय प्रतिबद्ध छ’, महाविद्यालय जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

nepali army polytechnic college31689607583.png

गत वर्षमात्र सञ्चालनमा आएको यस महाविद्यालय नेपालको ईन्जिनियरिङ्ग शिक्षाको क्षेत्रमा अग्रणी संस्थानहरू मध्ये सर्वोत्कृष्ट बन्ने प्रयासमा कटिबद्द रहेको महाविद्यालयको भनाई छ । अध्ययन गर्न चाहाने विद्यार्थीले फोनइमेल वा वेबसाइटबाट सम्पर्क गर्न सकिने महाविद्यालयले बताएको छ ।

nepali army polytechnic college11689607582.JPG

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्