मिटरव्याज पीडितलाई न्याय दिन कानून बनाई छाड्छौँ : गृहमन्त्री श्रेष्ठ

आइतबार, असार २४, २०८०

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडितलाई हरहालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका छन् ।

आइतबार मिटरव्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर श्रेष्ठले समाजमा मिटरव्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हर हालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका हुन् ।

पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको उनले बताए । उनले विधयेक संसदमा रहेको र अस्वीकृत नभएको भन्दै विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने र कानून बनाई छाड्ने प्रतिवद्धता जनाए । श्रेष्ठले मिटरव्याज पीडित सम्बन्धी आयोगको काम नरोकिने स्पष्ट पारे ।

उनले मिटरव्याज सामान्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्