प्रधानमन्त्रीका कारण संसद बन्द भएको हो : अध्यक्ष ओली

प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने
आइतबार, असार २४, २०८०

काठमाडौँ–   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

सञ्चारकर्मीले के हुँदा सहमति जुट्छ भनेर साधेको जिज्ञासामा ओलीले भने, ‘राजीनामा चाहियो ।’ त्यस्तै, उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्