एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

शनिबार, असार २३, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । एमालेले आज प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

मधेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले मनोमानी ढंगबाट  करोडौं रुपैयाँ रकमान्तर गरेको एमालेको आरोप छ । यही निहुँमा उसले आज संसद् अवरुद्ध गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद् र राष्ट्रियसभा पनि अवरुद्ध गरिहेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्