प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

शुक्रबार, असार २२, २०८०

काठमाडौँ– आज बस्ने तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलायएको बैठक नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक आइतबार १ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गत बुधबारदेखि प्रतिनिधिसभासँगै राष्ट्रियसभाको समेत बैठक चल्न दिएको छैन ।

एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ । अर्कोतिर प्रधानमन्त्रीले भने आजको बैठकमा जवाफ दिने कार्यसूची थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्