प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा प्रतिपक्षीको हंगामा 

बुधबार, असार २०, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ ।

सोमबारको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको बताएका थिए ।

त्यही अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरु एमाले, रास्वपा र राप्रपा सदनमा अवरोध गरेका हुन् ।

विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्