मन्त्रीपरिषद्को बैठक

सरकारले सत्य निरुपण र छानबिन आयोगको म्याद थपका लागि बाटो खोल्ने

निजामति सेवाको राजपत्राकिंत विशिष्ठ श्रेणिको रिक्त पद सचिवमा घनश्याम उपाध्यायलाई बढुवा
मंगलबार, असार १९, २०८०

काठमाडौँ– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो । 

कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले निजामति सेवाको राजपत्राकिंत विशिष्ठ श्रेणिको रिक्त पद सचिवमा घनश्याम उपाध्यायलाई बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्