कोशी प्रदेश नामाकरणबाट एमाले पछि हट्दैन : अध्यक्ष ओली [भिडियो]

आइतबार, असार १७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताएका हुन् ।

कोशी प्रदेश नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ । 

उनले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्