बजेट पारित भएपछि

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन : रवि लामिछाने

बुधबार, असार १३, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नलिमेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे ।

उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफुहरु रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे । लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने समेत जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्