बजेट पारित भएपछि

सरकारप्रतिको विश्वास ९९.९९ बाट ५३ प्रतिशतमा झर्‍यो : अध्यक्ष ओली

बुधबार, असार १३, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष ओलीले सरकारप्रतिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ प्रतिशतमा झरेको बताएका हुन् ।

उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिरसमेत गरे ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्