बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

बुधबार, असार १३, २०८०

काठमाडौँ– आर्थिक वर्ष २०८०–८१ को बजेट संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभामा आज उपस्थित २५५ मध्ये सरकारले ल्याएको बजेटको पक्षमा १४७ मत आएपछि बहुमतले पारित भएको हो ।
बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मत विभाजनको माग गरेपछि बजेट पारितका लागि मतदान भएको थियो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्