Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशले हार्ने लडाइँको तयारीमा छाैँ हामी

शुक्रबार, असार ८, २०८०

आज म लेख्दैछु‍‍‍ ...

samridhi jewllers

मलाई लाग्छ हामि गम्भीर मोड़मा आइपुगेका छाैँ ।

वास्तवमा जुन प्रकारको जनअपेक्षा थियो, दलहरूले त्यस्को ठीक बिपरित काम गरेकै हो ! देशमा परिवर्तन अनेकौ भए तर ति केबल राजनीतिक परिवर्तन मात्रै थिए !

जनताको अबस्थामा खासै केही परिवर्तन आएन । धनी हरेक दिन धनी बन्दै गए ,गरिब झन झन गरिब । पहुँच हुनेहरूको लागि हरेक सुबिधा ढोकामै उपलब्ध हुने । तर भूँइमान्छेको लागि सामान्यभन्दा सामान्य कुरा पनि दूर्लभ हुन थाल्यो !

दलहरू र तिनका कार्यकर्ताको तडकभडक शैलीले उनीहरूमा झन् नैराश्यता निम्त्यायो !

पछिल्लो कोभिडको समयपछि स्थिति झनै भयावह हुँदै गयो । सर्वसाधारणले चर्को अभाव र गरिबी झेल्नु पर्यो! फलस्वरूप पासपोर्ट लिनेहरूको लाइन, हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइनभन्दा लामा हुन थाले ! हाम्रो एअरपोर्ट कुनै ट्रेन स्टेशन जस्तो लाग्न थाल्यो !

सबैतिरको यो बेथिति, बिसंगति र अभाब बिरूदद्ध आफ्ना आवाजहरू बुलंद गरेर केहि नयॉ ब्यक्ति र शक्तिहरूको उदय भयो र त्यो स्वभाविक पनि थियो ! जसरी जनताका यस्तै अभाब असन्तुष्टीको प्रतिनिधित्व गरेर कुनै समय कॉग्रेस एमाले माओबादीहरूले लामो समय सम्म शासन गर्ने मौका पाए!

ठिक त्यसै गरेर अहिलेको अवस्थामा जनताको आशा भरोसा नयॉ अनुहारहरूमा केन्द्रित भएको छ ! उनीहरूमा जनताको विश्वास र भरोसा बढ्दै गयो ! यी नयॉ ब्यक्ति र शक्तिहरूप्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरू प्रतिको बितृष्णा नै हो !

नयॉ ब्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रीयता रह्यो , त्यो स्वभाविक पनि हो !

हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉढै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रीयता हो ! अब यसरी उदाएका शक्तिहरूबीच नै को बढि राष्ट्रवादी भन्ने प्रतिष्पर्धा नै चलेको छ !

जनता पनि जस्ले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वभाविक हो ! देश आखिर देश नै हो !

झन पछिल्लो समय जुन घटना घट्यो ….त्यस्ले मलाई के लाग्छ भने पहिचानका लागि अब देशमा २ शक्तिहरू मात्रै बॉकी हुनेछन् !

१ राष्ट्बादी अर्को राष्ट्घाती । एकले अर्कोलाई राष्ट्घाती भन्ने,अर्कोले अर्कोलाई तानाशाह भन्ने ! जुन संकेत भिड्न्तको संकेत हो !

संहारको संकेत हो ! अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर , अब मुद्दा अन्तै मोडिनेछ!

अब हामी देश बिकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौ ! अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई !

पहिला हाम्रा पूर्खा राष्ट्को लागि बिदेशीसँग लडे ! अब हामी राष्ट्रीयताको नाममा आफू आफू लडने छौ! यसबाट जुन पक्षले जीते पनि देशले हार्नेछ!

समय छंदै यो बिनासकारी प्रतिस्पर्धाबाट बाहिर आएर एकले अर्को को बिचारको सम्मान गर्दै दलिए र ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको बिद्यामान समस्याहरू बिरूद्ध जीत हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यहि शैलीमा अघि बढे…… जय पशुपतिनाथ!! जय नेपाल !!

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार