नेकपा एसको बैठक

बजेट पारित हुन नदिने नेकपा एसको निर्णय 

बिहीबार, असार ७, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए ।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सवैसंग छलफल गर्ने निर्णय गरेको उनले बताए । उनले असन्तुलित बिषयलाइ सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राखे ।

बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाउनुभएकाले आफुहरु संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ । 

उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटिबढि नहुने भन्दै बजेट पनि सामान रुपमा बितरण हुनुपर्ने उल्लेख गरे । बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सवै सदस्यहरुले कडा रुपमा धारणा राखेको पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्