समाजवादी मोर्चा घोषणा

समाजवादी मोर्चा घोषणासभामा माधव नेपालले भाषण गर्दा किन भयो हुटिङ ?

सोमबार, असार ४, २०८०

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलहरुले गरेको समाजवादी केन्द्र घोषणसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै गर्दा बीचमै हुटिङ भएको छ ।

अध्यक्ष नेपालले सम्बोधन सुरु गर्नै लाग्दा हलमा हुटिङ भएको थियो । अनि नेपालले आफ्नो सम्बोधन रोकेर माइकबाटै सोधको थिए– के भनियो रे ?

भएको के थियो भने अध्यक्ष नेपालले मञ्चमा आशिन नेताहरुलाई सम्बोधन गर्दा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’ भनेर सम्बोधन गरेका थिए ।

अध्यक्ष नेपालले यादवलाई कमरेड भनेर सम्बोधन गरेपछि हलमा हुटिङ भएको हो । त्यसपछि नेपालले ‘के भनियो रे’ भनेर सोधेका थिए । र, उनले ‘उहाँ कमरेड नै हो, हामी सँगसँगै एउटै पार्टीमा रहेर काम गर्दै आउनु भएका कमरेड नै हुनुहुन्छ’ भनेका थिए ।

त्यसपछि पनि अध्यक्ष नेपालले ‘अभिवादन’ गरेका थिए । अभिवादन गर्दा कोही पनि तर्सिनु नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्