किसानले उत्पादन सडकमा फालेको दृश्य देख्दा मन थाम्न मुस्किल परेको छ : ओली

सोमबार, असार ४, २०८०

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृश्य देख्दा मन थाम्न मुस्किल परेको बताएका छन् ।

कृषिबस्तु खरिद सम्झौता (एपिपिए) हुनुपर्छ भनेर आफूहरूले घोषणापत्रको  २० ग्यारेन्टीमा भनेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् । 

जबसम्म किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र  आम्दानीको ग्यारेन्टी गर्न सकिँदैन । तबसम्म कृषिलाई अर्थतन्त्र र  रोजगारीको बलियो खम्बा बनाउन नसकिने उनको भनाइ छ ।

May be an image of 7 people

‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौं, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ,’ उनले भनेका छन्, ‘कृषिबस्तु खरिद सम्झौता (एपिपिए)हुनु पर्छ भनेर हामीले घोषणा पत्रको  २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र  आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र  रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’

कृषिजन्य बस्तुले उचित मूल्य र बजार नपाएको भन्दै केही दिनयता किसानहरूले गोलभेँडा सडकमा फालिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्