७० वर्षको उमेरहद उपयोगी भएन, प्रगति गर्न अप्ठ्यारो पार्यो : अध्यक्ष ओली

७० वर्ष कहीँ पनि छैन दुनियाँमा । अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ ।
शनिबार, असार २, २०८०

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको बताएका छन्।

७० वर्षमाथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएकाले सो उमेरहद हटाउने निर्णय गर्नुपरेको उनको स्पष्टीकरण छ। अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

चीनलगायत दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको ओलीको तर्क छ।

‘७० वर्ष कहीँ पनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ । अनि, शेरबहादुर देउवाजी ७७–७८ कति वर्ष हो ? चलाइराख्नुभएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्यो,’ उनले भने।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्