८० हजार किमी गुड्यो ‘एनआइयू इलेक्ट्रिक’ 

शुक्रबार, असार १, २०८०

काठमाडौँ– स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजारभन्दा किलोमिटर गुड्न सफल भएको छ । 

इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा लोकप्रिय भएको छ ।

हाल कम्पनीले विभिन्न  छ वटा मोडलका दुई पाङ्गे विद्युतीय सवारी नेपाली बजारम उपलब्ध गराएको इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले जानकारी दिए ।

कम्पनीले लिथियम पावर्ड इलेक्ट्रिक टू हिलर नेपालमा ल्याएको छ । बोहराले यस्ता ब्याट्री चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित रहेको बताए । 

डा बोहराले भने, ‘चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित ब्याट्री एक पटक पूर्ण चार्ज भइसकेपछि लामो रेञ्जसम्म गुड्न सक्ने क्षमताका हुन्छन् । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ ।’

पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । विद्युतीय सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न  र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्