नेभिगेशन
समाचार

खड्काले पाए कांग्रेसको कावा सभापतिको जिम्मेवारी 

काठमाडौँ– नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
 
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फलोअप)का लागि सिङ्गापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा धनराज गुरुङ पनि उपसभापति छन् । यद्यपि, जिम्मेवारी खड्काले पाएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार