जम्मु–कश्मीरको पाकिस्तान नियन्त्रित क्षेत्रमा भारतको सुरक्षा कारबाही, २ जना आतङ्ककारी मारिए

बुधबार, जेठ ३१, २०८०

कुपवाडा– भारत अधिनस्थ जम्मु–कश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मु–कश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । 

कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र (नियन्त्रण रेखा)मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा कारबाहीमा ती आतङ्ककारी मारिएको कश्मीर प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अन्य सन्दिग्धको खोजी भइरहेको छ । 

प्रहरीका अनुसार लश्कर–ए–तैवा (एलइटी)का एकजना आतङ्ककारीका सहयोगीलाई पक्राउ गरिएको छ । बान्दीपोरा प्रहरीले राष्ट्रिय राइफल्स (आरआर) र केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ)सँग मिलेर गरेको संयुक्त खोज अभियानमा आतङ्ककारीलाई नियन्त्रणमा लिइएको हो । निजबाट दुईवटा चिनियाँ ह्यान्ड ग्रिनेड बरामद गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्