एमजी जेडएस इभी डिलक्सको बुकिङ खुला, कति छ मूल्य ?

मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– एमजी जेडएस इभी डिलक्सको बुकिङ खुल्ला भएको छ । एमजीका गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय एसयुभी एमजी जेडएस इभी (डिलक्स)को प्रि–बुकिङ खुल्ला गरेको हो ।

आर्थिक वर्ष २०८०-८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक कर वृद्धि गरिए पनि एमजीको नयाँ इभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । बजेटअघि यस इभीको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ थियो ।

विश्वमा चर्चित एमजि ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ । विभिन्न विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले नेपालमा सर्वाधिक रुचाइएको ब्राण्डमध्ये एक हो । कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्राण्डको बढ्दो अत्याधिक विक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो इभीको मूल्य घटाउन सफल भएको । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस इभी (डिलक्स) मोडलमा धेरै प्रभाव परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टक ५२ लाख ४९ हजारमा बिक्री गर्ने जनाएको छ ।

नयाँ एमजी जेडएस इभी (डिलक्स) ९९ मोटर पिक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ । र, ५१ किलो वाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ । यो इभी ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जानकारी दिएको छ । यसमा ८ वर्ष ब्याट्री वारेन्टी छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्डलगायत फिचरहरु छन् । मनोरञ्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम छन् । साथै ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०-४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

एमजी जेडएस इभी (डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लूमा उपलब्ध छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्