सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आयो : माधव नेपाल

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बताएका छन् ।

समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको समेत बताए ।

जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटका बारेमा छलफल अन्तरक्रिया गर्न नपाएको र आगामी बजेटमा यसलाई ध्यान दिने भन्दै आश्वस्त तुलाएको नेपालले बताए । उनले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको बिकल्प नरहेको जिकिर गरे । 

अध्यक्ष नेपालले सत्ता बाहिरको गठबन्धनमा संविधानमा आघात पुराउने र संघीयतालाई समाप्त पार्न सक्ने शक्तिहरु रहेको रहेको भन्दै सत्ता गठबन्धन लोकतान्त्रीक गठबन्धन भएको जिकिर गरे ।

उनले एकता संघर्ष र नयाँ स्तरको एकताको मान्यताका साथ अघि बढिरहेको जिकिर गरे । त्यस्तै, उनले पार्टी निकट संगठनको कामप्रति सन्तुष्ट नरहेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्