बजेटमाथि टिप्पणी

बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने : माधव नेपाल

बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन
आइतबार, जेठ २८, २०८०

काठमाडौँ– सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले बजेटकै कारण सरकारमा समस्या आउनसक्ने भएकोले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका हुन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, “बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन, रिस मरेको छैन र यही पाराले जाने हो भने दुर्घटनातिर जान्छ की भन्ने डर पनि लाग्छ।”

को दुर्घटनामा पर्छ भनने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “सरकार दुर्घटनामा जान्छ, दुर्घटनामा नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ। चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ।” 

नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताए । उनले भने, “यो सकरार ढल्न दिनुहुँदैन, जोगाउनुपर्छ। अघि बढाउनुपर्छ र यो गठबन्धनले ५ वर्षसम्म देशको नेतृत्व गर्नुपर्छ।”

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्