बजेटमाथि छलफल

संसदमा बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले सोमबार जवाफ दिने

आइतबार, जेठ २८, २०८०

काठमाडौँ– प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । 

आज आइतबारको बैठकबाट बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको हो ।

छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार (भोलि) प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराएका ।

आजको बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको बताए ।  पौडेलले नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताउँदै ‘गेम चेन्ज’ नभएर ‘नेम चेन्ज;मा सीमित भएको टिप्पणी गरे ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् । बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै कार्यान्वयन सुनिश्चित हुने तर्क गरे ।

बजेटमाथिको छलफलमा सहभागी सांसदहरूले राजस्व सङ्कलन घटिरहेको अवस्थामा बजेटमा लिइएको लक्ष्यमा पुग्न सकिने अवस्था नरहेको भन्दै संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्