‘पहिचानवादी भनिने गुण्डाहरु’विरुद्ध चूप लागेर नबस्ने ओलीको चेतावनी  

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिने गुण्डाहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे ।  देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातिय द्वैष फैलाउदै समाजलाई बिभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यस्तै, अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मुलधारमा ल्याउने अथक प्रयासमा रहेको बताए । उनाले दुईतिहाई नजिक पुराएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इशारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्