मेसी मियामी जाने निश्चित

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीले अमेरिकी क्लब इन्टर मियामी जाने निश्चित भएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका फरवार्ड मेसीले मियामीसँग मौखिक सहमति गरेको बताइएको छ  ।

मेसीले यस सिजनको अन्त्यसँगै पिएसजी छाडेका हुन् । यद्यपि, मेसी साउदी अरेबियाको क्लब अल हिलाल जाने बताइएको थियो । तर, उनले अन्तिममा अमेरिकी क्लब रोजेका छन् । 

यस्तै, मेसी र पूर्वक्लब बार्सिलोनाबीच पनि कुरा भएको थियो । तर, सम्झौता हुन सकेन । 

अर्जेन्टिनाका कप्तान मेसीले २०२१ मा पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेसीले पिएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार